गण्डकी प्रदेशमा थपिए ८७ संक्रमित, नवलपुरमा मात्रै ५२ जना

आइतबार, १८ असोज, २०७७
डिजिटल संस्करण

गण्डकी प्रदेशमा आइतबार ८७ जनामा कारोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा नवलपुरका मात्रै ५२ जना छन्।

नवपुरको देवचुलीका ६ जना, गैडाकोटका २८, विनय त्रिवेणीका सात जना, कावासोतीका आठ जना र मध्यविन्दू अस्पतालमा कार्यरत पाँच संक्रमित भएका छन् । 

तनहुँमा १९, लम्जुङमा पाँच, गोरखा, स्याङ्जाका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कास्कीको पोखरा महागरमा तीन र बागलुङको जैमिनीका दुईजनामा संक्रमित देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनार्एको छ । यो प्रदेशमा संक्रमित संख्या चार हजार एक सय तीन पुगेको छ ।
 

सुझावित समाचार