शनिबार राति एक मोटरसाइकलले ठक्कर दिँदा सशस्त्र प्रहरीका सहायक निरीक्षकको मृत्यु भएको छ ।
कोसी राजमार्गअन्तर्गत मोरङको बुढीगंगा गाउँपालिका– १ मा शनिबार राति ९ बजे पैदल हिँडिरहेका सोही ठाउँका ४२ वर्षीय कमलप्रसाद तावाहाङको लु.६१प २५०२ नम्बरको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो ।
साँझ राजमार्ग किनारमा पैदल हिँडिरहेका प्रसनि तावाहाङ तीव्र गतिमा आएको मोटरसाइकलको ठक्करबाट घाइते भएका थिए ।
उनको विराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचारका क्रममा शनिबार राति १ बजे मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
बिदामा घर आएका मृतक तावाहाङ सशस्त्र प्रहरी बल पाँचथरमा कार्यरत थिए ।
ठक्कर दिने मोटरसाइकललाई नियन्त्रणमा लिएको र चालक अझैसम्म फरार रहेको प्रहरीले जनाएको छ ।