विश्वव्यापी महामारीका रूपमा रहेको कोरोना भाइरसबाट संक्रमित भएका गैरआवासीय नेपालीमध्ये ९२ प्रतिशतले काेरोना जितेका छन् ।
गैरआवासीय नेपाली संघका अनुसार विश्वका विभिन्न ४२ देशमा रहेका कोरोना संक्रमित ३५ हजार नाै सय १६ जना गैरआवासीय नेपाली कोरोनामुक्त भएका हुन् ।
गैरआवासीय संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म कुल ३९ हजार पाँच सय २८ नेपाली कोरोना संक्रमित भएका छन् ।
स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता साउथ अफ्रिकामा रहेका एकजना नेपालीको ज्यान गएको छ ।
समितिका अनुसार कोरोना संक्रमणका कारण १८ देशका दुई सय ६६ जना गैरआवासीय नेपालीको ज्यान गएको छ ।
समितिका संयोजक डा. सापकोटाका अनुसार यो साता स्पेन, भारत, कतार, कुवेत, साउदी अरबमा रहेका नेपालीमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको छ ।