भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

आइतबार, १८ असोज, २०७७
डिजिटल संस्करण

चितवनमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका– ७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । 

असोज १६ गते कोरोना संक्रमणसहित उनी भरतपुर अस्पतालको कोभिड आइसियूमा भर्ना भएका थिए । उनमा खोकी र श्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ । याेसँगै कोरोनाका कारण चितवनका मात्रै २४ जनाको मृत्यु भएको छ ।     
     

See More On

सुझावित समाचार