अमेरिकी राष्ट्रपतिका प्रतिस्पर्धी जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ

शनिबार, १७ असोज, २०७७
डिजिटल संस्करण

अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्य्राटिकतर्फका उम्मेदवार जो बाइडेनको कोरोना भााइरस जाँचको रिपोर्ट नेगेटिभ आएको छ । उनका चिकित्सक डा. केभिन कोनरले सो कुराको जानकारी दिएका हुन् । उनले जो बाइडेन र उनकी श्रीमतीको कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी गराएका हुन् । 

डा. केभिनले विज्ञप्तिमार्फत भनेका छन्, ‘बाइडेन र उनकी श्रीमतीको पिसिआर परीक्षणका क्रममा दुवैजनामा कोरोना संक्रमण देखिएन ।’ डा. केभिनको सो विज्ञप्तिपछि बाइडेनले आफ्नो ट्वlटरमा भनेका छन्, ‘मेरी श्रीमती जिल र मेरो कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ, हामीलाई खुसी लागेको छ ।’

यसअघि गत बिहीबार गरिएको परीक्षणमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमा कोरोना भाइरस पोजेटिभ आएको थियो । त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको छ । उनलाई अरू केही दिन अस्पताल बस्नुपर्ने निजी चिकित्सकहरूले सुझाब दिएका छन् ।

सुझावित समाचार