गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिए

शनिबार, १७ असोज, २०७७
डिजिटल संस्करण

गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् । याेसँगै प्रदेशमा संक्रमितको संख्या चार हजार तीन पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।    

आज थपिनेमा कास्कीका १०, गोरखाका पाँच र तनहुँका दुईजना रहेका छन् । संक्रमितमध्ये प्रदेशमा हालसम्म दुई हजार आठ सय ३१ जना निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ । 

प्रदेशमा सक्रिय संक्रमितको संख्या एक हजार १३९ जना पुगेको निर्देशनालयले जनाएको छ । 
 

See More On

सुझावित समाचार