कोरोना संक्रमण बढेपछि इटहरी उपमहानगरपालिका कार्यालय बन्द

शुक्रबार, १६ असोज, २०७७
डिजिटल संस्करण

इटहरी उपमहानगरपालिका शुक्रबारदेखि तीन दिनसम्मका लागि बन्द गरिएको छ । 

कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि इटहरी उपमहानगरपालिका तीन दिन बन्द गरिएको उपमहानगरले जनाएको छ । 

केही दिनअघि गरिएको परीक्षणमा कार्यालयका प्रशासकीय अधिकृतलाई कोरोना देखिएपछि उनका नजिक रहेका कर्मचारी, सेवाग्राहीको पनि कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले उपमहानगरपालिका र सबै वडा कार्यालयको काम बन्द गरिएको उपमहानगरपालिकाका प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । 

बिहीबार नै सूचना जारी गरी १६ असोजदेखि १८ असोजसम्म उपमहानगरपालिका र २० वटै कार्यालयको सबै काम ठप्प रहने जनाएको छ ।

उपमहानगरका कर्मचारीसहित शुक्रबार थप १५ मा कोरोना पुष्टि भएको छ । 

इटहरीमा हालसम्म पाँच सय ३१ जना संक्रमित भएको उपमहानगरको स्वास्थ्य महाशाखाले जनाएको छ । 
उपमहानगरपालिकामा हालसम्म तीनजनाको ज्यान गएको छ । 

सुझावित समाचार