काठमाडौं उपत्यकामा थपिए १६ सय ३८ संक्रमित

शुक्रबार, १६ असोज, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा शुक्रबार थप १६ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा १२ सय ८० जना, ललितपुरमा एक सय ६२ जना र भक्तपुरमा एक सय ९६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर शुक्रबार २७ सय २२ जनामा संक्रमण पुष्टि भएको छ भने ३३ सय सातजना संक्रमित निकाे भएर डिस्चार्ज भएका छन् । 

See More On

सुझावित समाचार