गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण

शुक्रबार, १६ असोज, २०७७
डिजिटल संस्करण

कास्कीका सातजनासहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा सातजना संक्रमित भएका हुन् । त्यसैगरी लमजुङ र स्याङ्जामा दुई–दुईजना संक्रमित थपिएका हुन् । 

पोखरामा थपिएका संक्रमित सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा परीक्षणका लागि आएका व्यक्ति हुन् । 

अरू सबै कन्ट्रयाक्ट ट्रेसिङका क्रममा भेटिएका निर्देशनालयले जनाएको छ ।

योसहित गण्डकी प्रदेशमा संक्रमितको संख्या तीन हजार नाै सय ८६ पुगेको छ ।

सुझावित समाचार