कोसी कोभिड उपचार केन्द्रमा ७४ वर्षीया वृद्धाको निधन

शुक्रबार, १६ असोज, २०७७
डिजिटल संस्करण

विराटनगरस्थित कोसी कोभिड उपचार केन्द्रमा शुक्रबार दिउँसो विराटनगर– १४ की ७४ वर्षीया वृद्धाको उपचारका क्रममा निधन भएको छ । 

मृतक वृद्धा  मिर्गाैला र श्वासप्रश्वासकी बिरामी रहेकीले उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो । 

कोसी कोभिडमा हालसम्म उपचारका लागि भर्ना भएका ११ जना कोरोना संक्रमितको निधन भइसकेको छ । 

उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत आनन्द लामिछानेका अनुसार हाल उपचार केन्द्रमा ४० जना उपचाररत छन् । 

जसमध्ये ६ जना सिकिस्त भएकाले उनीहरूको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हालसम्म कोभिड उपचार केन्द्रमा पाँच सय ११ जना उपचारका लागि भर्ना भएका छन् । जसमध्ये चार सय ५१ जना निको भएर डिस्चार्ज भइसकेका छन् । 

उपचार केन्द्रबाट एकजना थप उपचारका लागि अन्यत्र रिफर भएका छन् । भर्ना भएका चारजना स्वैच्छाले अस्पताल छाडेका छन् ।   

यस उपचार केन्द्रमा ७१ जनरल, १० आइसियू र १० एचडियू शय्या सञ्चालनमा छन् ।

सुझावित समाचार