ओली–प्रचण्ड भेट : दुई अध्यक्षबीच मन्त्रिमण्डल पुनर्गठनबारे सहमति नबनेपछि शनिबार सचिवालय बैठक बोलाइयो

शुक्रबार, १६ असोज, २०७७
डिजिटल संस्करण

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्कमल दाहाल प्रचण्डबीच शुक्रबार छलफल भएको छ ।

आजको छलफलले भोलि शनिबार सचिवालय बैठक बोलाउने समझदारी भएको बालुवाटार स्रोतले जनाएको छ । 

सचिवालय बैठक शनिबार अपराह्न ४ बजेका लागि बोलाइएको छ । 

अहिले दुई अध्यक्षका बीचमा भइरहेको मन्त्रिमण्डल पुनर्गठन, राजनीतिक नियुक्तिलगायतका सबै विषय शनिबारको सचिवालय बैठकमा नै छलफल हुने बताइएको छ । 

यही असोज ४ र ६ गते नेकपाको सचिवालयको बैठक बसेको थियो ।

ती बैठकमा पनि मन्त्रिमण्डल पुनर्गठन, नियुक्तिहरूलगायतका विषयमा छलफल भएको थियो । सचिवालय बैठकले नै अहिलेको मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय गरेको थियो । 

त्यसपछि दुई अध्यक्षबीच पटकपटक यसबारेमा छलफल भए पनि कुनै निचोड भने अहिलेसम्म निस्कन सकेको छैन । 

सुझावित समाचार