नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १–१ रुपैयाँ घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्य आएपछि नेपाली बजारमा सोहीअनुसार मूल्य समायोजन गरेको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए ।
उनका अनुसार मूल्य घटेपछि शुक्रबार बिहानबाट उपत्यकामा डिजेल र मट्टीतेल ८९ रुपैयाँ प्रतिलिटरमा उपभोक्ताले खरिद गर्न पाउनेछन् । यसपटक पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य केही बढेर आए पनि कुनै परिवर्तन नगरिएको निगमले जनाएको छ ।
आसन्न दसैँका कारण सार्वजनिक यातायातको चाप बढ्ने भएकाले आमसर्वसाधारणले सुविधा पाउने गरी डिजेलको मूल्य घटाएको निगमले जनाएको छ ।