नेपालमा कोरोनाबाट पहिलोपटक चिकित्सकको निधन

बिहिबार, १५ असोज, २०७७
डिजिटल संस्करण

नेपालमा पहिलोपटक कोरोना संक्रमित एक डाक्टरको मृत्यु भएको छ ।

कर्णाली प्रदेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको उपचारका क्रममा भेरी अस्पताल बाँकेमा मृत्यु भएको हो ।

भदौ ३० गते स्वाब दिएका डा. सापकोटालाई भदौ ३१ गतेदेखि कर्णाली प्रदेश कोभिड अस्पताल भर्ना गरिएको थियो । थप उपचारका लागि यही असोज २ मा भेरी अस्पताल बाँकेमा रिफर गरिएको थियो । 

सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक डा. रविन खड्काले सामाजिक सञ्जाल फेसबुकमा कोरोनाको संक्रमणबाट अभिभावक गुमाएको लेखेका छन् । नेपाल अर्थोपेडिक एसोसिएसनले विज्ञप्ति निकाले यसको पुष्टि गरेको छ । 

५८ वर्षीय डा. सापकोटा ११औँ तहका सरकारी डाक्टर थिए ।

सुझावित समाचार