कर्णाली प्रदेश प्रमुख कलौनीलाई कोरोना पुष्टि

बिहिबार, १५ असोज, २०७७
डिजिटल संस्करण

कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । 

प्रदेश प्रमुख कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमित देखिएकोले कन्टयाक्ट ट्रेसिङ गर्दा प्रदेश प्रमुख कलौनीलाई पनि कोरोना पुष्टि भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

कार्यालयका केहीमा कोरोनाकाे लक्षण देखिएको र परीक्षण गर्दा संक्रमणको पुष्टि भएपश्चात् कन्ट्याक्ट ट्रेसिङअनुरूप पिपिआर परीक्षण गर्दा प्रदेश प्रमुख कलौनीमा कोरोना पुष्टि भएको प्रदेश प्रमुख कलौनीका प्रमुख स्वकीय सचिव चूडामणि कलौनीले बताए । 

‘प्रमुखको स्वास्थ्य अवस्था सामान्य रहेको छ,’ उनले भने, ‘उहाँ होम आइसोलेसनमा बस्नुभएको छ ।’

सुझावित समाचार