गण्डकी प्रदेशमा थपिए ११ संक्रमित

बिहिबार, १५ असोज, २०७७
डिजिटल संस्करण

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार नवलपुरका पाँच र बाग्लुङका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

बिहीबार थपिएका संक्रमितसहित गण्डकीमा कोराेना संक्रमितको संख्या तीन हजार नौ सय २१ पुगेको निर्देशनालय पोखराका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए । 

दुई हजार सात सय ४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । प्रदेशमा सक्रिय संक्रमितकाे संख्या एक हजार एक सय ४६ छ ।  

अहिलेसम्म ६९ हजार तीन सय २४ जनाको पिसिआर परीक्षण भएको छ । कोरोना संक्रमणबाट ३३ जनाको निधन भएको छ । 
 

सुझावित समाचार