झापामा एक वृद्धाको हत्या

सोमबार, १२ असोज, २०७७
डिजिटल संस्करण

झापाको गौरादहमा एक वृद्धाको हत्या भएको छ ।  गौरादह– १ की ६५ वर्षीया वृद्धा मनमाया भण्डारीको सोमबार हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको घरभित्र नै हत्या भएको हो । 

घरभित्र रगताम्य अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । ‘हात बाँधेर घरभित्र नै हत्या गरिएको अवस्था शव फेला परेको छ,’ उनले भने, ‘शरीर रगतले ढाकेको छ ।’

उनका श्रीमान् भीम घरमा नभएको अवस्थामा मनमायाको हत्या भएको हो । दिउँसो ४ बजेतिर श्रीमती मृत अवस्थामा फेला परेपछि भीमले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल सिल गरिएको छ । धरानबाट तालिम प्राप्त कुकुर मगाइएको र आइपुगेपछि घटनाको अनुसन्धान गर्ने तयारी भइरहेको डिएसपी थापाले बताए । 

सुझावित समाचार