काठमाडौं उपत्यकामा थपिए आठ सय १७ संक्रमित

सोमबार, १२ असोज, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा आइतबार थप आठ सय १७ जनामा कोरोना संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौं जिल्लामा ६ सय ४९, ललितपुरमा एक सय ३१ र भक्तपुरमा ३६ जनामा संक्रमण देखिएको हो । 

देशभर आज १३ सय ५१ जना नयाँ कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

सुझावित समाचार