थप १० जना कोरोना संक्रमितको निधन

आइतबार, ११ असोज, २०७७
डिजिटल संस्करण

आइतबार थप १० जना कोरोना संक्रमितको निधन भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निधन हुनेमा एक महिला र नौजना पुरुष छन् । 

आइतबार निधन भएका संक्रमितमध्ये अछामका ३४ वर्षीय एक पुरुष, बर्दियाका ५० र ६३ वर्षका दुई पुरुष, रुपन्देहीका ७२ वर्षीय एक पुरुष, काठमाडौंका ६१ वर्षीया एक महिला तथा ६२ वर्षीय एक पुरुष, ललितपुका ४२ र ७७ वर्षका दुई पुरुष र बाराका २० वर्षीय एक पुरुष रहेको मन्त्रलयले जनाएको छ । 

योसमेत देशभर कोरोना संक्रमणबाट निधन हुनेको संख्या चार सय ७७ पुगेको छ ।

सुझावित समाचार