कोरोना मिटर : देशभर १५७३ जना कोरोना संक्रमित थपिए, ८८५ भए डिस्चार्ज

आइतबार, ११ असोज, २०७७
डिजिटल संस्करण

देशभर पछिल्लो २४ घन्टाको अवधिमा एक हजार पाँच सय ७३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । 

पछिल्लो २४ घन्टामा आठ सय ८५ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।

देशभर हालसमम कुल ५३ हजार आठ सय ९८ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशमा कोरोना निको हुने दर ७३.४ प्रतिशत रहेको पनि जानकारी दिए । 

हाल देशभर १९ हजार १९ सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । 

हाल देशभर होम आइसोलेसनमा १० हजार ६ सय ९८ जना रहेको उनले जानकारी दिए । 

अहिलेसम्म नाै लाख ८८ हजार तीन सय २७ जनामा कोरोना परीक्षण गरिएको उनले जानकारी दिए । 

अहिले ६ हजार दुई सय ८१ जना क्वारेन्टिनमा बसिरहेको मन्त्रालयले जानकारी दिएको छ । 

अहिले भेन्टिलेटरमा देशभर ३३ जना उपचाररत रहेको उनले बताए ।

सुझावित समाचार