अनलाई सपिङ दराजले आफूले सुरु गरेको दराजको सहयात्री कार्यक्रममा आठ हजारभन्दा बढी साना तथा मध्यम व्यवसायी (एसएमई) आबद्ध भएको जनाएको छ ।
त्यसमध्ये दुई हजार एक सय एसएमईले दराजमार्फत व्यवसाय सञ्चालन गर्न सफल भइसकेको दराजले जनाएको छ । बाँकी पनि आउने प्रक्रियामा रहेको बताइएको छ ।
यस कार्यक्रमअन्तर्गत चार महिनाको कमिसन शुल्क हटाएर बिक्रेताहरूलाई देशभर सात लाखभन्दा बढी ग्राहकसम्म निःशुल्क पहुँच प्रदान गरेको र करिब ५५ लाखको आर्थिक सहायता गरेको दराजले जनाएको छ ।
यसबाहेक एसएमईहरूलाई निःशुल्क व्यवसाय परामर्श प्रदान गरेको दराजले जनाएको छ ।
दराजका प्रबन्ध–निर्देशक लिनो अलरिंगले यस कार्यक्रममार्फत एसएमई क्षेत्रलाई मद्दत गरेको र आगामी दिनमा पनि यस्तो मद्दत जारी राख्ने बताए ।