भान्सामा कार्यरत सहयोगी सैनिकलाई कोरोना पुष्टि भएपछि प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा

आइतबार, ११ असोज, २०७७
डिजिटल संस्करण

प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबारदेखि सेल्फ क्वारेन्टिनमा बसेका छन् । 

ललितपुरको शशिभवनस्थित निवासमा उनको भान्सामा कार्यरत सहयोगी सैनिकलाई शनिबार कोभिड– १९ पोजेभिट देखिएपछि प्रधानसेनापति क्वारेन्टिनमा बसेको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ । 

प्रधानसेनापति थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको निर्देशिका र मापदण्डबमोजिम स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै सेल्फ क्वारेन्टिनमा बसेको सेनाले जनाएको छ ।

सुझावित समाचार