कोरोनाबाट अस्पतालका कर्मचारीको मृत्यु

आइतबार, ११ असोज, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमणबाट नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । 

नेपालगन्ज उपमहानगरपालिका– ९ बाँके गाउँनिवासी ४७ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । 
३१ भदौमा कोरोना पुष्टि भएपछि उनलाई शिक्षण अस्पताल कोहलपुरको कोभिड आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । 

योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ जना पुगेको छ । राससका अनुसार मृतकको शव व्यवस्थापनका लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले समन्वय र तयारी गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सुझावित समाचार