कोरोनाबाट सैनिक जवानको मृत्यु

शनिबार, १० असोज, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमित नेपाली सेनाका एक जवानको मृत्यु भएको छ ।

​बझाङ जिल्ला घर भई काठमाडाैंमा कार्यरत सैनिक जवानको उपचारको क्रममा वीरेन्द्र अस्पताल छाउनीमा शुक्रबार मृत्यु भएको हो ।

छारे रोगको लक्षण देखिएपछि गत ६ असोजमा उनलाई आकस्मिक रूपमा सघन कक्षमा भर्ना गरी उपचार गर्दागर्दै उनको मृत्यु भएको सेनाले जनाएको छ ।

उपचारकै क्रममा उनको ८ असोजमा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगैसँगै नेपाली सेनामा कोभिड– १९ सम्बन्धित कारणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

जंगी अड्डाले शनिबारसम्म नेपाली सेनामा कुल संक्रमित दुई हजार एक सय ९७ जनामध्ये पाँच सय ३९ जना निको भएको जनाएको छ । हाल सक्रिय संक्रमित एक हजार ६ सय ५६ जना रहेको सेनाले जनाएको छ । 

सम्पादकको रोजाइ

सुझावित समाचार