पछिल्लो समय एकपछि अर्को चर्चित नेपाली गीत पस्किएर सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा पुग्न सफल गायिका सुजाता केसी र लोकप्रिय गायक प्रमोद खरेलको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘ओई कान्छी’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
म्युजिक भिडियोमा लोकप्रिय नायक पल शाह र नायिका पूजा शर्माले अभिनय गरेका छन् । अर्जुन तिवारीले छायांकन, कजिस श्रेष्ठको कोरियोग्राफी तथा निर्देशन गरेको म्युजिक भिडियोलाई सुशील शर्माले निर्माण गरेका हुन्।