तनहुँका एक युवाकाे चितवन मेडिकल कलेजमा मृत्यु

बिहिबार, ८ असोज, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमणका कारण चितवन मेडिकल कलेजमा एक युवाको मृत्यु भएको छ । तनहुँको आँबुखैरहनी नगरपालिका– ३ का ३९ वर्षीय युवाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । 

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२:५५ बजे मृत्यु भएको हो । डायलाइसिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो ।

कोरोना संक्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भइरहेको थियो । उपचारका क्रममा गएराति उनको मृत्यु भएको हो ।     

 

See More On

सुझावित समाचार