काठमाडौंमा सयौँ स्वास्थ्यकर्मी कोरोना संक्रमित

मंगलबार, ६ असोज, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा सयौँ स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार स्वास्थ्यकर्मी बिरामी पर्दा उनीहरूले दिने सेवा घटेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सयौँ स्वास्थ्यकर्मी संक्रमित भए पनि अहिले मन्त्रालयले सेवा प्रभावित हुन नदिन व्यवस्थापन गरिरहेको बताए ।

‘यसैगरी स्वास्थ्यकर्मी बिरामी हुँदै जान थाले स्वास्थ्य सेवा प्रवाहमा कठिनाइ आउँछ,’ गौतमले भने, ‘यसकारण काठमाडौं उपत्यकामा बढोत्तरी भइरहेको संक्रमितको संख्याले हामीलाई बहुत चिन्तित बनाएको छ ।’ 

त्यसैले ६० नाघेका, विभिन्न स्वास्थ्य समस्या भएका बिरामीहरू, डाइलाइसिस गराइरहेका बिरामीहरू, गर्भवतीहरूलाई घरबाहिर ननिस्कन उनले अनुरोध गरे ।
 

सुझावित समाचार