कोरोना मिटर : आज ११ सय ५४ संक्रमित थपिए, कुल संक्रमितको संख्या ६५ हजार नाघ्यो

सोमबार, ५ असोज, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर गरिएको परीक्षणमा ११ सय ५४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा नाै हजार  हजार पाँच सय ३३ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

साेमबार थप भएकासमेत गरी देशभर हालसम्म संक्रमित हुनेको संख्या ६५ हजार दुई सय ७६ पुगेको छ ।त्यसैगरी विगत २४ घन्टामा एक हजार पाँचजना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४७ हजार दुई सय ३८ रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण निको हुने दर ७२ प्रतिशत रहेको बताए । हाल सक्रिय संक्रमित भने १७ हजार ६ सय ११ जना छन् । 

संक्रमितमध्ये आइसियूमा एक सय ९६ जना र भेन्टिलेटरमा ३१ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
 

सुझावित समाचार