कोरोना अपडेट : विश्वभर तीन करोड तीन लाख संक्रमित, दुई करोड २० लाख निको भए

शुक्रबार, २ असोज, २०७७
डिजिटल संस्करण

विश्वमा कोरोना भाइरस संक्रमित दुई करोड २० लाख ४६ हजार चार सय ८८ व्यक्ति निको भइसकेका छन् । 

विश्वभरी कोरोना भाइरस संक्रमितको संख्या तीन करोड  तीन लाख नाघेकोे संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । 

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ लाख ५० हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ । 

कोरोनाभाइरसबाट विश्वमै सबैभन्दा धेरै संक्रमण र मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा ६८ लाख ७४ हजार पाँच सय ९६ भन्दा बढी संक्रमित भएका छन् भने दुई लाख दुई हजार दुई सय १३ जनाको मृत्यु भएको छ । 
 

See More On

सुझावित समाचार