सचिवालयका एकजनामा कोरोना देखिएपछि कांग्रेस सभापति देउवा होम आइसोलेसनमा

बिहिबार, १ असोज, २०७७
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कोरोना भाइरसको कन्ट्रयाक्ट ट्रेसिङमा परेका छन् । 

आफ्नो निजी सचिवालयमा कार्यरत एकजनामा कोरोना पाेजेटिभ देखिएपछि देउवा होम आइसोलेसनमा बस्न थालेका हुन् । 

सचिवालयमा कार्यरत अन्य चारजनाको पिसिआर परीक्षण भने नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ । 

सभापति देउवाको शुक्रबार स्वाब संकलन गरिने उनका सहयोगी भानु देउवाले जानकारी दिए । 

देउवा होम आइसोलेसनमा बसेकाले बिहीबार तय भएको सत्तारुढ पक्ष र प्रतिपक्षीबीचको छलफल स्थगित भएको छ ।

देउवाको कोरोना परीक्षणको नतिजा आएपछि मात्र बैठक अघि बढ्ने भानु देउवाले जानकारी दिए । 

सुझावित समाचार