सीमा क्षेत्र गड्डाचौकीमा कार्यरत पाँच सशस्त्र प्रहरी र एक सैनिकलाई कोरोना

बिहिबार, १ असोज, २०७७
डिजिटल संस्करण

कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा कार्यरत पाँच जना सशस्त्र प्रहरी  र  एक नेपाली सेना सहित छ जनालाई कोरोना देखिएको छ  । नेपाल भारत प्रवेशद्वार सीमा क्षेत्र बोर्डर आउट पोष्ट गड्डाचौकीमा कार्यरत पाँच सशस्त्र प्रहरी र  भगतपुर ब्यारेकमा कार्यरत एक जना नेपाली सेनालाई कोरोना देखिएको हो ।

उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको थियो । 

नेपाल भारत आउने जानेको संख्या गड्डाचौकीमा ह्वात्तै बढेपछि सो क्षेत्रको फन्ट लाईनमा कार्यरत सशस्त्र प्रहरीलाई कोरोना देखिएपछि जोखिम बढेको छ । 

सशस्त्र प्रहरी बल ३५ नम्बर गण मातहत रहेको बिओपी गड्डाचौकीमा कार्यरत पाँच जनालाई कोरोना देखिएसँगै उनीहरुको सम्पर्कमा आएका सबैको स्वाब संकलन गरेर परीक्षण गरिने शसस्त्र प्रहरीले जनाएको छ । 

यसअघि कञ्चनपुरमा सशस्त्र प्रहरीमा कोरोना देखिएको थिएन् । नेपाल प्रहरी र सेनामा देखिएको कोरोना यस पटक पाँच जना सशस्त्र प्रहरीमा कोरोना देखिएपछि सीमा क्षेत्रमा कार्यरत सशस्त्र प्रहरी उच्च जोखिममा रहेका छन् । 

कोरोना पृष्टी भएका पाँच सशस्त्र र एक सैनिक सहित छ जनालार्ई  उपचारका लागि महाकाली अस्पतालको आइसोलेसनमा राखिएको छ । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले कोरोना पुष्टि भएका छ जना सुरक्षाकर्मी सहित बेदकोटका दुईजनाको उपचार भइरहेको बताए । 

सुझावित समाचार