निधन भएपछि मोरङकी एक महिलामा कोरोना पुष्टि

बुधबार, ३१ भदौ, २०७७
डिजिटल संस्करण

उपचारका क्रममा निधन भएकी मोरङको बेलबारी नगरपालिकाकी ६८ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । 

नोबेल मेडिकल कलेजमा पित्तथैलीको अप्रेसनपछि निधन भएकी महिलामा कोरोना पुष्टि भएको हो । 

नोबेल मेडिकल कलेजमै उनको पिसिआर गरिएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए । उनमा निधन भइसकेपछि कोरोना पुष्टि भएको विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार योसँगै बेलबारीमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या दुई पुगेको छ । यसअघि बेलबारीकी एक महिलाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपाको कोभिड अस्पतालमा निधन भएको थियो । 

सुझावित समाचार