बारामा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

मंगलबार, ३० भदौ, २०७७
डिजिटल संस्करण

बारामा  थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको डुमरवाना निवासी ५५ वर्षीया महिला रहेकी छिन् ।

उनको नारायणी अस्पतालको आइसियूमा उपचारको क्रममा सोमबार बेलुकी मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जानकारी दिए ।

उनका अनुसार मृत्यु भएकी महिलालाई  मधुमेह र उच्च रक्तचापको समस्या भएपछि सोमबार बिहान सवा ११ बजे नारायणी अस्पतालको आइसियूमा भर्ना गरिएको थियाे । 

 जिन एक्सपर्ट विधिबाट परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । 
 

सुझावित समाचार