पर्सामा कोरोना संक्रमणबाट थप एकको निधन

सोमबार, २९ भदौ, २०७७
डिजिटल संस्करण

पर्सामा कोरोना संक्रमणबाट थप एकजनाको निधन भएको छ । निधन हुनेमा वीरगन्ज महानगरपालिका- १० की ५५ वर्षीया महिला रहेकाे नारायणी अस्थायी गण्डक कोरोना अस्पतालले जनाएकाे छ । 

उनको नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए । उनका अनुसार मृतक महिला विगत १६ दिनदेखि कोरोना अस्पतालमा उपचाररत थिइन् । 

प्रवक्ता डा. चौरसियाका अनुसार मृतकमा फोक्सो तथा श्वासप्रश्वाससम्बन्धि समस्या र शरीरमा अक्सिजनको मात्रा कम थियो । योसँगै पर्साका कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

सुझावित समाचार