अध्ययन भन्छ- कोरोनासिर्जित फोक्सो र मुटुको समस्या समाधान हुन्छ

आइतबार, २८ भदौ, २०७७
डिजिटल संस्करण

कोरोना भाइरसबाट संक्रमित भएकाहरूको फोक्सो र मुटुमा समस्या आउने एक अध्ययनले देखाएको छ । अध्ययनले यस्ता समस्या समाधान भएर जानेसमेत पुष्टि भएको बताएकाे छ । 

युरोपेली श्वासप्रश्वास समाजको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिएको प्रतिवेदनमा अध्ययनकर्ताहरूले कोरोनाका कारण फोक्सो र मुटुमा उत्पन्न हुने समस्या समाधान हुने, तर समय भने लाग्ने निष्कर्ष निकालेका हुन् । 

उनीहरूले कोरोनाका कारण समस्या सिर्जना भएका धेरै फोक्सो र मुटुका समस्या समाधान हुने अध्ययनबाट पुष्टि गरेका छन्।

यस अध्ययनमा कोरोना भाइरसबाट अतिप्रभावित अष्ट्रियाको टिरोलन क्षेत्रका पीडितहरूलाई समेटिएको थियो । 

अध्ययनमा सहभागीहरू अस्पताल भर्ना भएका एक सय ५० जना बिरामी  थिए । अध्ययनले जनाएअनुसार उनीहरू अप्रिल २९ देखि जुन ९ सम्म अस्पताल बसेका बिरामी हुन् । सुरुमा ८६ बिरामीमा सर्वेक्षण गरिएको थियो । 

अस्पतालबाट डिस्चार्ज भएपछि ६ हप्ता, १२ हप्ता र २४ हप्तासम्म पनि उनीहरूमाथि अध्ययन गरिएको थियो । उनीहरूको अध्ययन गर्ने क्रममा चिकित्सकीय परीक्षण र प्रयोगशालाको परीक्षणको रिपोर्टहरूलाई विश्लेषण गरिएको थियो । 

त्यसैगरी रगतमा अक्सिजन र कार्बनडाइअक्साइड, फोक्सोको कामको अवस्थाको परीक्षण, सिटी स्क्यान र इकोकार्डियोग्रामको समेत विवरणहरूलाई हेरिएको थियो ।  

यी सबै विवरणहरूका आधारमा पहिलोपटकको नतिजा हेर्दा झन्डै ८८ प्रतिशत बिरामीमा फोक्सोको समस्या देखिएको थियो ।  

त्यसैगरी डिस्चार्ज भएको १२औँ हप्तामा दोस्रोपटकको परीक्षण विवरण हेर्दा ५६ प्रतिशतमा मात्रै त्यस्तो समस्या देखिएको अध्ययनकर्ताहरूले बताएका छन् ।  

यसरी जति पछि हुँदै गयो, त्यति धेरै बिरामीका मुटु र फोक्सोको समस्यामा कमी हुँदै गएको देखिएको अध्ययनकर्ताहरूको भनाइ छ । 

See More On

सुझावित समाचार