नयाँ हुन्डाई औरा नेपालमा सार्वजनिक

आइतबार, २८ भदौ, २०७७
डिजिटल संस्करण

नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुन्डाई औरा नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले नयाँ सेडान आफ्नो सेगमेन्टमा सबैभन्दा शक्तिशाली र सुविधायुक्त ट्रेन्डसेटरका रूपमा स्थापित हुन तयार रहेको दाबी गर्दै नयाँ गाडी बजारमा ल्याएको हो ।    

नयाँ हुन्डाई औराको अनावरण गर्दै लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक रूपेश शर्मा भट्टले सेडान गाडी नेपाली बजारमा लोकप्रिय रहेको र यही समयमा बजारलाई स्टाइलिस, विलासी र आरामदायी सेडान प्रदान गरेको बताए ।

यसमा उत्कृष्ट ड्राइभिङ पफर्मेन्स र गतिशीलताले ड्राइभरलाई आनन्द प्रदान गर्ने कम्पनीको दाबी छ । हुन्डाई औरा ‘एस’ भेरियन्टको १.२ कप्पा डुअल भिटिभिटी पेट्रोल इन्जिनको १.१९७ सिसीमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । यसको मूल्य ३३ लाख ९६ हजार रुपैयाँ रहेको जनाइएको छ ।

सुझावित समाचार