प्रदेश १ मा शनिबार ७७ जना कोरोना संक्रमित थपिएका छन् भने ३६ जना निको भएर डिस्चार्ज भएका छन् ।
यो प्रदेशमा हालसम्म संक्रमितको संख्या चार हजार ६ सय ९६ जना मृत्यु हुनेहरू ४७ जना पुगेका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितहरू मोरङमा ६२, सुनसरीमा १४ र उदयपुरमा एकजना छन् ।
मन्त्रालयका अनुसार मोरङको विराटनगर महानगरपालिकामा २१ महिला र २५ पुरुष संक्रमति थपिएका छन् । बुढीगंगा गाउँपालिकामा पाँच महिला पाँच पुरुष, कटहरी गाउँपालिकामा चार पुरुष, ग्रामथान गाउँपालिकामा एक पुरुष र सुन्दरहरैँचा नगरपालिकामा एक महिला संक्रमित भएका छन् ।
सुनसरीको इटहरी उपमहानगरपालिकामा दुई महिला ६ पुरुष, इनरुवा नगरपालिका र धरान उपमहानगरपालिकामा दुई –दुईजना पुरुष, रामधुनी र दुहबी नगरपालिकामा एक–एकजना पुरुष संक्रमित थपिएका छन् । यसैगरी उदयपुरको बेलकामा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
प्रदेश १ मा शनिबार विराटनगरको काली सदन आइसोलेसनबाट २०, बैजनाथपुरबाट नाै, मारवाडी सेवा सदन आइसोलेसनबाट चारजना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यस्तै मोरङको कोभिड– १९ आइसोलेसन केन्द्र रंगेलीबाट तीनजना डिस्चार्ज भएका छन् ।