विराटनगरस्थित कोसी कोभिड उपचार केन्द्रमा शनिबार एक पुरुष संक्रमितको मृत्यु भएको छ ।
अस्पताल प्रशासनका अनुसार २२ भदौमा भर्ना भएर उपचार गराइरहेका विराटनगर महानगरपालिका– ८ का ६९ वर्षीय पुरुषको शनिबार दिउँसो साढे १२ बजे मृत्यु भएको हो । मृतक उच्च रक्तचाप र मधुमेहका पनि बिरामी थिए ।
कोसी कोभिड उपचार केन्द्रमा हालसम्म दुई सय ७६ जना संक्रमित भर्ना भएका छन् ।
जसमध्ये सातजना संक्रमितको उपचारका क्रममा मृत्यु भइसकेको छ ।
जसमा दुई सय २३ जना निको भएर डिस्चार्ज भएका छन् । हाल उपचार केन्द्रमा ४६ जना संक्रमित उपचाररत अवस्थामा छन् ।