नवलपुरका ३४ सहित गण्डकी प्रदेशमा थप ४५ जनामा कोरोना पुष्टि

शनिबार, २७ भदौ, २०७७
डिजिटल संस्करण

गण्डकी प्रदेशमा शनिबार नवलपुरका ३४ जनासहित थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थप संक्रमित हुनेमा कास्कीका १० जना र गोरखाका एकजना रहेका गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

 योसँगै गण्डकी प्रदेशमा जम्मा संक्रमितको संख्या दुई हजार आठ सय ६५ पुगेको छ ।

प्रदेशमा सक्रिय संक्रमितको संख्या नाै सय ९२ छ ।

निको हुनेको संख्या एक हजार आठ सय ४९ पुगेको छ  ।

२४ जनाको ज्यान गुमेको छ ।  

सुझावित समाचार