कोरोनाका कारण गण्डकी प्रदेशमा शनिबार दुईजनाको ज्यान गयो, ज्यान गुमाउनेकाे संख्या २४ पुग्यो

शनिबार, २७ भदौ, २०७७
डिजिटल संस्करण

कोरोनाका कारण शनिबार थप दुईजनाको निधन भएसँगै गण्डकी प्रदेशमा ज्यान गुम्याउनेको संख्या २४ पुगेको छ  ।

पोखराको फिष्टेल अस्पतालमा उपचाररत पोखरा– ५ की ४५ वर्षीया एक महिला र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचाररत स्याङ्जा पुतलीबजार– १ का ८५ वर्षीय पुरुषकाे शनिबार निधन भएकाे हाे ।   

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माका अनुसार फिष्टेलमा उपचाररत पाेखरा– ५ की महिलाको गत राति १:१५ बजे निधन भएकाे हो । 

यता पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यका अनुसार स्याङ्जा पुतलीबजार नगरपालिका– १ का ८५ वर्षीय पुरुषको बिहान ६:३२ बजे मृत्यु भएकाे हो । उनलाई २४ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमणपछि आइसियूमा भर्ना गरी उपचार भइरहेको थियो । 

गण्डकी प्रदेशमा ज्यान गुमाउनेमा कास्कीका नौ, गोरखाका चार, स्याङ्जाका तीन, तनहुँका तीन, नवलपुरका तीन र  बाग्लुङ र म्याग्दीका एक–एकजना रहेका प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । 
 

सुझावित समाचार