कोरोना संक्रमणबाट बाँकेमा हालसम्म आठजनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मंगलबार बिहान नेपालगन्ज उमहानगरपालिका– १६ बाँकेकी कोरोना संक्रमित ८० वर्षीया वृद्धाको निधनसँगै मृतकको संख्या आठ पुगेको हो ।
उनको दुवै फोक्सोमा निमोनियाँ भएको र उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
मृतकका आफन्तले उनलाई २१ भदौ दिउँसो ३ बजेतिर नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरेका थिए । कोरोनाको लक्षण देखिएपछि २२ भदौमा स्वाब संकलन गरिएको थियो । भेरी अस्पतालको पिसिआर ल्याबले २३ भदौ दिउँसो उनमा कोरोना पुष्टि भएको रिपाेर्ट दिएको थियो । कोरोना पुष्टि नहुँदै उनको मृत्यु भएको श्रेष्ठले बताए ।