प्रदेश १ मा ८० जना कोरोना संक्रमित थपिए

मंगलबार, २३ भदौ, २०७७
डिजिटल संस्करण


प्रदेश १ मा मंगलबार ८० जना कोरोना संक्रमित थपिएका छन् । 

जसमा सुनसरीमा ३७, मोरङमा २२, झापामा १६, ओखलढुंगामा दुई, इलाम, उदयपुर र प्रदेश १ बाहिरका दुईजना संक्रमित रहेका छन् । 

मंगलबारसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या चार हजार दुई सय ५७ पुगेको छ । 

सामाजिक विकास मन्त्रालयले जानकारी दिएअनुसार मंगलबार सुनसरीको इटहरी उपमहानगरपालिकामा १० महिला र आठ पुरुष, दुहबी नगरपालिकामा चार महिला र आठ पुरुष, कोसी गाउँपालिकामा दुई महिला र एक पुरुष, गढी गाउँपालिकामा एक पुरुष अनि रामधुनी, इनरुवा नगरपालिकामा र धरान उपमहानगरपालिकामा एक–एकजना पुरुष संक्रमित थपिएका छन् ।

मोरङको विराटनगर महागरपलिकामा ११ महिला र ६ पुरुष, रतुवामाई नगरपालिकामा तीन र ग्रामथान गाउँपालिकामा एक पुरुष, बुढीगंगा गाउँपलिकामा एक महिला संक्रमित पाइएका छन् । 

झापाको दमक नगरपालिकामा  दुई महिला र चार पुरुष, शिवसताक्षी नगरपालिकामा दुई महिला र एक पुरुष, गौरीगन्ज गाउँपाकिलामा एक महिला र एक पुरुष, बिर्तामोड नगरपालिकामा एक महिला र एक पुरुष, बाह्रदशी गाउँपालिका, मेचीनगर र कन्काई नगरपालिकामा एक–एकजना  पुरुष संक्रमित थपिएका छन् । 

साथै मंगलबार ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा दुई पुरुष, उदयपुरको चौदण्डीगढी नगरपालिकामा एक महिला र प्रदेश १ बाहिरका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुझावित समाचार