पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु

सोमबार, २२ भदौ, २०७७
डिजिटल संस्करण

पर्सामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका– ३० लालपर्साका ५४ वर्षीय पुरुष रहेका छन् ।

उनको नारायणी विशेष कोभिड अस्पतालको आइसियूमा उपचारको क्रममा सोमबार दिउँसो १ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।

उनका अनुसार मृतक ५४ वर्षीय पुरुष मधुमेह, उच्च रक्तचाप, दम र मिर्गाैला रोगबाट ग्रसित थिए ।

उनी १५ भदौमा कोरोना संक्रमण पुष्टि भएपछि नारायणी विशेष कोभिड अस्पताल भर्ना भएका थिए । योसँगै पर्सामा हालसम्म ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
 

सुझावित समाचार