कोरोना अपडेट : ‘कोभिड– १९’ बाट विश्वमा आठ लाख ८७ हजारभन्दा बढीको मृत्यु

सोमबार, २२ भदौ, २०७७
डिजिटल संस्करण

 विश्वभरि कोरोना भाइरस संक्रमणबाट आठ लाख ८७ हजार पाँच सय ९९ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले सोमबार जानकारी दिएको छ । 

सो संगठनका अनुसार विश्वमा दुई करोड ७२ लाख ९६ हजार तीन सय तीनजना कोरोना भाइरस संक्रमित भएका छन् । यद्यपि विश्वमा कोरोना भाइरस संक्रमित एक करोड ९३ लाख ७९ हजार चार सय ९८ व्यक्ति कोरोनामुक्त भएका छन् ।

हाल विश्वमा ७० लाख २९ हजार दुई सय ६ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरूको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । संक्रमितहरूमध्ये ५९ हजार नाै सय ९८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दशवटा देशको डब्ल्युएचओद्वारा प्रकाशित तथ्यांक यी रहेका छन् ।  

अमेरिकामा ६४ लाख ६० हजार चार सय २१ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यहाँ ३७ लाख २६ हजार ९९ जना कोरोना भाइरसमुक्त भएका छन् भने एक लाख ९३ हजार दुई सय ५३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

भारतमा ४२ लाख चार हजार ६ सय १३ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ  ३२ लाख ५० हजार चार सय २९ कोरोना भाइरसमुक्त भएका छन् भने ७१ हजार ६ सय ८७ जनाको मृत्यु भएको छ । ब्राजिलमा ४१ लख ३७ हजार ६ सय ६ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ३३ लाख १७ हजार दुई सय २७ कोरोना भाइरस मुक्त भएका छन् भने एक लाख २६ हजार ६ सय ८६ जनाको मृत्यु भएको छ ।  

रुस १० लाख २५ हजार पाँच सय पाँचजना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ  आठ लाख ४० हजार नाै सय ४९ कोरोना भाइरसमुक्त भएका छन् भने १७ हजार आठ सय २० जनाको मृत्यु भएको छ । पेरूमा ६ लाख  ८९ हजार नाै सय ७७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ पाँच लाख  १५ हजार ४९ जना कोरोना भाइरसमुक्त भएका छन् भने २९ हजार आठ सय ३८ जनाको मृत्यु भएको छ ।

कोलम्बिया ६ लाख ६६ हजार पाँच् सय २१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ चार लाख  १८ हजार  दुई सय २९ कोरोना भाइरसमुक्त भएका छन् भने २१ हजार चार सय १२ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ६ लाख  ३८ हजार पाँच सय १७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ पाँच लाख  ६३ हजार आठ सय ९१ कोरोना भाइरसमुक्त भएका छन् भने १४ हजार आठ सय ८९ जनाको मृत्यु भएको छ । 

मेक्सिकोमा ६ लाख ३४ हजार २३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ चार लाख  ४२ हजार दुई सय ६८ कोरोना भाइरसमुक्त भएका छन्  भने ६७ हजार  पाँच सय ५८ जनाको मृत्यु भएको छ । 
स्पेनमा पाँच लाख  १७ हजार  एक सय ३३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २९ हजार चार सय १८ जनाको मृत्यु भएको छ । 

अर्जेन्टिना चार लाख ७८ हजार सात सय ९२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ तीन लाख ३९ हजार १३२ कोरोना भाइरसमुक्त भएका छन् भने ९ हजार  आठ सय ५९ जनाको मृत्यु भएको छ । 

सुझावित समाचार