प्रदेश १ मा आइतबार एक सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुनसरीका ७८, मोरङका २९, झापाका २८, संखुवासभाका ६, उदयपुरका एकजना र प्रदेशबाहिरका एकजनामा कोरोना पुष्टि भएको हो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार थपिएका संक्रमितसहित प्रदेश १ मा संक्रमितको संख्या चार हजार २२ पुगेको छ । सुनसरीको धरान उपमहानगरपालिकामा आइतबार सबैभन्दा धेरै एक महिलासहित ७१ जना संक्रमित थपिएका छन् । यस्तै इटहरी उपमहानगरपालिकामा पाँच महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको छ । मोरङको विराटनगर महानगरपालिकामा नौ महिला र १६ पुरुष, सुनबर्सी नगरपालिकामा दुई पुरुष, जहदा र बुढीगंगा गाउँपालिकामा एक–एकजना महिलामा संक्रमण पुष्टि भएको छ ।
झापाको बिर्तामोड नगरपालिकामा आठ महिला र दुई पुरुष, कमल गाउँपालिकामा तीन महिला र सात पुरुष, मेचीनगर नगरपालिकामा दुई महिला र चार पुरुष, अर्जुनधारा नगरपालिका एक महिलामा र अर्का एकजनाको स्थानीय तह खुलेको छैन ।
संखुवासभाको खाँदबारी नगरपालिकामा तीन, चैनपुर नगरपलिकामा दुई र चिचिला गाउँपालिकाका एकजना पुरुष संक्रमित थपिएका छन् । उदयपुरको त्रियुगा नगरपालिकामा एकजना पुरुष र प्रदेशबाहिरका एक महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा प्रदेश १ मा दुईजनाको मृत्यु
पछिल्लो २४ घन्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको छ । झापाकी एक महिला र विराटनगरका एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।