काठमाडौंका प्रजिअ जनकराज दाहालले उपत्यकाको सीमानाकामा जतिसुकै कडाइ गरे पनि दैनिक लगभग दुई हजार मानिस भित्रिने गरेको बताएका छन्।
आइतबार शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको बैठकमा उनले भने, ‘नाकामा चाहेर पनि, नचाहेर पनि दैनिक दुई हजार मानिस भित्रिन्छन् । भित्रिन नदिने हो भने काठमाडौंमा भोकमरी लाग्छ । खाद्यान्न आउन दिनुपऱ्याे, अरू खानेकुरा आउन दिनुपऱ्याे ।’
नाकामा सेनालाई परिचालन गर्नुपर्ने उनले सुझाब दिए । प्रहरीले मात्रै सबै कुरा नियन्त्रण गर्न गाह्राे हुने भएकाले नाकामा सेना परिचालन गर्नुपर्ने उनको भनाइ थियो ।
त्यसका लागि सिसिएमसीलाई आफूहरूले सुझाब दिए पनि कार्यान्वयन नभएको उनले बताए ।