गण्डकी प्रदेश प्रहरी प्रमुख अर्याल कोरोना संक्रमित

आइतबार, २१ भदौ, २०७७
डिजिटल संस्करण

गण्डकी प्रदेशका प्रहरी प्रमुख, डिआइजी घनश्याम अर्याललाई कोरोना संक्रमण पुष्टि भएको छ । 

कन्ट्याक्ट ट्रेसिङमा परेका डिआइजी अर्यालको स्वाब परीक्षण गरिएकोमा आइतबार रिपोर्ट पोजेटिभ आएको हो । 

डिआइजी अर्यालले आफूमा कोरोना संक्रमण पुष्टि भएको र आफू क्वार्टरमै आइसोलेसनमा बसेको नयाँ पत्रिकालाई जानकारी दिए । आफूमा कुनै संक्रमणको लक्षण नरहेकोसमेत उनले बताए ।

‘मलाई कोरोना संक्रमण पुष्टि भएको छ । म क्वार्टरमै सुरक्षित ढंगले आइसाेलेसनमा बसेको छु । पूर्ण रूपमा स्वस्थ छु,’ उनले भने ।

यसअगाडि नेपाल प्रहरीको सशस्त्र गणमा सुरुमा १६ जना र पछि  २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

उनीहरूकै कन्ट्याक्ट ट्रेसिङका क्रममा स्वाब दिएका डिआइजी अर्यालमा संक्रमण पुष्टि भएको हो ।

सुझावित समाचार