गोरखा अस्पतालमा उपचारको क्रममा निधन भएकी वृद्धामा कोरोना पुष्टि

आइतबार, २१ भदौ, २०७७
डिजिटल संस्करण

गोरखा अस्पतालमा उपचारको क्रममा निधन भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । 

आइतबार बिहान प्रदेश जनस्वास्थ्य प्रयोगशला पोखराबाट प्राप्त रिपोर्टअनुसार ती महिलामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले बताए ।  

गोरखा नगरपालिकाकी ७५ वर्षीया महिलाको गोरखा अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको थियो ।  

शुक्रबार उनको परिवारका सदस्यहरूमा कोरोना देखिएपछि शनिबार उनको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । 

शनिबार दिउँसो २ बजे अस्पतालमा ल्याइएको उनलाई साढे ४ बजे डाक्टरले मृत घोषणा गरेका थिए । 

महिलामा कोरोना पुष्टि भएपछि उपचारमा संलग्न पाँचजना स्वास्थ्यकर्मी क्वारेन्टिनमा बसेकाे अस्पतालले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले निधन भएकी महिलाको शव अन्त्येष्टिको तयारी भइरहेको जानकारी दिए । कोरोना संक्रमित भएका व्यक्तिको शवको अन्त्येष्टि नेपाली सेनाले गर्दै आएको छ ।

सुझावित समाचार