कोरोना संक्रमणका कारण चितवन मेडिकल कलेजमा ७० वर्षीय वृद्धको निधन भएको छ । उनी भरतपुर महानगरपालिकानिवासी रहेको अस्पतालले जनाएको छ ।
अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि उनी १२ भदौमा अस्पताल भर्ना भएका थिए । उनमा १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएपछि उनकाे अस्पतालको कोभिड सघन उपचार कक्षमा राखी उपचार भइरहेको थियो । आज बिहान ८ बजे उपचारका क्रममा उनको निधन भएको अस्पतालका निर्देशक डा. लम्सालले जानकारी दिए ।