लमजुङमा थपिए १७ जना संक्रमित

शनिबार, २० भदौ, २०७७
डिजिटल संस्करण

लमजुङमा शनिबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिअनुसार एक १० वर्षीया बालिका, सात महिला र नौ पुरुष गरी १७ जनामा कोरोना संक्रमण देखिएको हो ।

थपिएका संक्रमितमध्ये जिल्ला सामुदायिक अस्पतालमा उपचाररत चारजना र अरू सबै कन्ट्याक ट्रेनिङ गर्दा  संक्रमण पुष्टि भएको हो । संक्रमित सबै बेसीसहर नगरपालिका ७, ८ र ९   वडाका स्थानीय हुन् । 

योसँगै लमजुङमा हालसम्म कोरोना संक्रमितको संख्या दुई सय ६०  पुगेको छ । उसमध्ये एक सय २० जना उपचारपछि घर फर्किएका छन् । 

सुझावित समाचार