पर्सामा थप एकजना संक्रमितको मृत्यु

शनिबार, २० भदौ, २०७७
डिजिटल संस्करण

पर्सामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको पकाहामैनपुर गाउँपालिका– २ निवासी ७५ वर्षीय पुरुष रहेका छन् । 

उनको नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा उपचारको क्रममा शुक्रबार राति  मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । 

उनका अनुसार मृत्यु भएका ७५ वर्षीय पुरुष  विगत १५ दिनदेखि अस्पतालमा उपचाररत  थिए ।

भदौ ५ मा कोरोना अस्पतालमा भर्ना भएका वृद्ध विगतमा क्षयरोगको बिरामी थिए भने पछिल्लो समय उनकाे दुवै फोक्सोमा निमोनिया देखिएको थियो । याेसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ४० पुगेकाे छ ।

See More On

सुझावित समाचार